नेपाल ग्यास उद्योगले दुई हजार ग्यास सिलिन्डर नष्ट गरेको छ। उपभोेक्ताको सुरक्षाको लागि भन्दै पुराना सिलिन्डर नष्ट गरेको हो।
उद्योगले हाइड्रोलिक परीक्षण गर्दा प्रयोग गर्न नमिल्ने भएपछि नष्ट गरेको हो।
बुधबार सरकारी निकाय र विभिन्न उपभोक्ता अधिकार संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा ति सिलिन्डर नष्ट गरेको अधिकारकर्मी माधव तिमल्सिनाले बताए।
उद्योगले चौथो पटक आफ्ना ग्यास सिलिन्डर नष्ट गरेको हो। यसअघि पनि प्रयोग गर्न नमिल्ने सिलिन्डरलाई वर्षभरी संकलन गरेर नष्ट गर्ने गरेको छ।
नेपाल आयल निगम, नेपाल गुणस्तर तथा नापतौल विभाग, उद्योगी, अधिकारकर्मी लगायतको उपस्थितिमा ति सिलिन्डर नष्ट गरिएको थियो।
नेपाल ग्यास ५० वर्षदेखि सञ्चालनमा छ।
नेपाल ग्यास उद्योगको कार्यकारी निर्देशक गाेकुल भण्डारीले २ हजार सिलिन्डर नष्ट गरेको बताए। कम्पनीले नयाँ सिलिन्डरलाई १० वर्षमा र त्यसपछि प्रत्येक ५ वर्षमा परीक्षण गर्ने र त्यस क्रममा खराबी देखिएमा नष्ट गरिने उनले बताए।
‘हामीले प्रत्येक वर्ष नष्ट गर्दै आएका छौं,’ नेपालखबरसँग कुरा गर्दै भण्डारीले भने, ‘त्यसको सट्टमा ग्राहकले नयाँ सिलिन्डार पाउँछन्।’ नेपाल ग्यासले सुरक्षाले होस्।
Shares
प्रतिक्रिया