कारोबार


पाँच करोड लगानीमा पोखरा वास उद्योगले थाल्यो परीक्षण उत्पादन

पाँच करोड लगानीमा पोखरा वास उद्योगले थाल्यो परीक्षण उत्पादन

नेपालखबर
जेठ २६, २०७७ सोमबार ७:६,

गैरआवासीय नेपालीहरुको मूल लगानीमा पोखरामा पोखरा वास इन्डस्ट्रिज प्रालि स्थापना भई परीक्षण उत्पादन प्रारम्भ गरेको छ।

विभिन्न क्षमताका खाने पानी ट्यान्की, मोबाइल ट्वाइलेटलगायतका उत्पादनको परीक्षण उत्पादन सुरु गरी बजारमा प्रवेशको लागि उद्योगले तयारी गरिरहेको छ।

उद्योगले खाने पानी ट्यान्कीहरु, मोबाइल चर्पीहरु र बायोग्यास उद्योगसम्बद्ध उत्पादनहरु प्रारम्भिक चरणमा उत्पादन गरी बजारमा लानेछ। पाँच करोडको प्रारम्भिक लगानी रहेको उद्योगमा गैरआवासीय नेपालीहरु कुल कार्की, हिकमत थापा र एकनाथ खतिवडा लगायत डोब बहादुर कार्की र मोहनराज न्यौपानेको लगानी रहेको छ।

उद्योगका प्रमुख कार्यकारी अधिकृत सुनिल कार्कीका अनुसार उद्योगले आफ्ना उत्पादन बजारमा लान तयारी गरिरहेको अवस्थामा कोभिड महामारीको लकडाउनले अहिले स्थगन भएको र बजार खुल्नेबित्तिकै बजारमा प्रवेश गर्ने जानकारी दिएका छन्। फेवा ब्रान्डका विभिन्न क्षमताका खाने पानी ट्यान्की, मोबाइल ट्वाइलेटहरु, बायोग्यासलाई चाहिने ट्यान्की र सामाग्रीहरु अहिले उत्पादन गरिने र खानेपानी, ऊर्जा, सफाइ, स्वच्छता क्षेत्रका विभिन्न उत्पादनहरु थप्दै जाने बताए।

उत्पादनको प्रविधि र गुणस्तर अन्तराष्ट्रियस्तरको रहेको र यसै क्षेत्रमा लामो समयसम्म विदेशमा कार्यरत प्राविधिज्ञहरुको संलगनता रहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad