ad ad

कारोबार


असार १७ देखि आन्तरिक उडान खोल्ने प्रस्ताव मन्त्रिपरिषदमा लगिँदै

असार १७ देखि आन्तरिक उडान खोल्ने प्रस्ताव मन्त्रिपरिषदमा लगिँदै

नेपालखबर
जेठ २५, २०७७ आइतबार ८:४२,

नेपाल नागरिक उड्डयन प्राधिकरणले असार १७ देखि आन्तरिक उडान गर्ने प्रस्ताव संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको छ।

प्राधिकरण र हवाइ व्यवसायीसँग भएको छलफलमा आन्तरिक उडान गर्ने असार १७ बाट चरणबद्ध रुपमा गर्ने प्रस्ताव पास भएको हो।

मन्त्रालयले आइतबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठकमा उक्त प्रस्ताव पेश गर्ने बताइएको छ।

‘प्राधिकरणमा आज छलफल भएको हो’, प्राधिकरण स्रोतले भन्यो, ‘असार १७ बाट आन्तरिक उडान गर्ने प्रस्ताव मन्त्रालयमा गएको छ।’

लकडाउन खोल्ने वा आन्तरिक उडान कहिले खुल्ने भन्ने अन्तिम निर्णय भने मन्त्रिपरिषदले मात्रै गर्छ।

यता निजी वायुसेवा कम्पनीहरुले भने टिकट बुकिङ खुल्ला गर्ने तयारी गरेका छन्। बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले सूचनाको आधारमा टिकट बुकिङ खुल्ला गर्न लागेको बताए।

‘प्राधिकरणमा छलफल भई १७ गतेबाट आन्तरिक उडान खोल्ने भन्ने सूचना पाएका छौं’, जोशीले भने, ‘आज मन्त्रिपरिषदको बैठकले के गर्छ । प्रस्ताव पास भए भोलिबाट आन्तरिक उडानको लागि सोमबारबाट बुकिङ सुरु गछौं।’

त्यस्तै प्राधिकरणले अन्तर्राष्ट्रिय उडानको लागि टिकट बुकिङ गर्न थालेको भन्दै रोक्न सूचना जारी गरेको छ। प्राधिकरणले अन्तर्राष्ट्रिय उडान कहिले खुल्ने भन्ने निश्चित नभएकाले नेपाली जहाज कम्पनी तथा विदेशी कम्पनीलाई टिकट बुकिङ नगर्न भनेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .