कारोबार


चौतर्फी विरोधपछि कर तिर्ने म्याद थप्न अर्थ मन्त्रालय सहमत, नयाँ मिति तोकियो

चौतर्फी विरोधपछि कर तिर्ने म्याद थप्न अर्थ मन्त्रालय सहमत, नयाँ मिति तोकियो

नेपालखबर
जेठ २१, २०७७ बुधबार ९:४४,

सरकारले लकडाउन अवधिमा नै व्यवसायीहरुलाई कर तिर्नुपर्ने सूचना जारी गरेपछि भएको विरोधमा अर्थ मन्त्रालय र व्यवसायीबीच सहमति जुटेको छ।

उद्योग वाणिज्य महासंघको टोली र अर्थसचिव शिशिर ढुंगानासँग भएको छलफलपछि कर भुक्तानी गर्ने मिति परिवर्तन गर्ने सहमति भएको हो।

मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीका अनुसार कर भुक्तानी विषयमा छलफल गर्न व्यवसायीहरु आएको र तोकिएको मितिलाई केही पर लाने सहमति जुटेको छ। 

आन्तरिक राजस्व विभागले मंगलबार एक सूचना जारी गर्दै जेठ २५ गतेसम्म सम्पूर्ण कर भुक्तानी कर भुक्तानी गर्न भनेको थियो।

विभागले जारी गरेको सूचनाअनुसार अभिवृद्धि कर ऐन, २०५२ बमोजिम २०७६ फागुन र चैत महिनाको मासिक कर विवरण, माघ र फागुन महिनाको र मंसिर (फागुनको चौमासिक कर विवरण) बुझाउनुपर्नेछ। तर सरकारले जेठ २० सम्मको लकडाउनलाई पुनः लम्ब्याउँदै जेठ मसान्तसम्म पुर्याएको छ।

यस्तै अन्तःशुल्क ऐन २०५८ बमोजिम २०७६ फागुन र चैत महिनाको बुझाउनुपर्ने विवरण तथा ती विवरणबमोजिमको अन्तःशुल्क दाखिला पनि जेठ २५ गतेसम्म गरिसक्नुपर्नेछ।

यसैगरी आयकर ऐन, २०५८ बमोजिम २०७६ साल फागुन र चैत महिनाको बुझाउनुपर्ने अग्रिम कर कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउने म्याद तथा ती विवरण बमोजिमको कर दाखिला पनि २५ गतेसम्म गरिसक्नुपर्ने उल्लेख छ।

तर यो सूचना जारी भएपछि चौतर्फी विरोध आएको थियो। व्यवसायीहरुले व्यवसाय नै ठप्प रहेको अवस्थामा कर भुक्तानी गर्न नसकिने बताउँदै आएका छन्। उद्योग वणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर आफ कमर्स सबैले विज्ञप्ति जारी गर्दै सरकारको अनुचित कदम भनेका छन्।

यो विरोधमा व्यवसायी मात्र नभई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि साथ दिएको छ।

आजै नेपाली कांग्रेसका शेरबहादुर देउवाले विज्ञप्ति जारी गरी जेठ २५ भित्र कर तिर्नुपर्ने सरकारको ताकेता भद्र अवज्ञाको विकल्प नभएको बताएका छन्।

उनले भनेका छन्, ‘नागरिकले तिर्नुपर्ने करले नै मुलुक चल्ने हो तर करदाताले प्रतिकूल परिस्थिति भोगिरहेका बेला सहजीकरण गर्ने कर्तव्य र जिम्मेवारी सरकारको हो। सरकारले त्यो जिम्मेवारी निर्वाह नगरेर अनुदार ढंगले ताकेता गर्दा त्यसलाई भद्र अवज्ञा गर्नुको विकल्प नागरिकको रहँदैन।’

जेठ २५ बाट असार ७ सर्‍यो
यसैबीच, आन्तरिक राजस्व विभागले आजै सूचना जारी गरी जेठ २५ मा तिर्नुपर्ने यसअघि तोकिएको कर भुक्तानीको नयाँ मिति सार्वजनिक गरेको छ। विभागले अब असार ७ गतेलाई कर भुक्तानी गर्ने दिन तोकेको हो।

कुन कर तिर्ने मिति कहिले?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad