‘मिस नेपाल २०२६’ को बलियो दाबेदार हङकङकी दीपमाला, गरिन् भोट गर्न अपिल

‘मिस नेपाल २०२६’ को बलियो दाबेदार हङकङकी दीपमाला, गरिन् भोट गर्न अपिल

नेपालखबर
साउन ४, २०८३ सोमबार १२:५६, काठमाडौँ

‘मिस नेपाल २०२६’ को ग्रान्ड फिनाले साउन १६ मा हुँदैछ। पुल्चोकस्थित द प्लाजामा आयोजना हुने फिनालेको लागि २४ जना प्रतिस्पर्धी भिड्दैछन्।

जसमा हङकङकी दीपमाला ढकाल पनि छिन्। मिस नेपाल हङकङ इन्टरनेसनल २०२५ की विजेता समेत रहेकी दीपमाला यसवर्षको बलियो दावेदारको रूपमा छिन्।

‘मिस नेपाल’ का सबटाइटल राउन्डहरूमा उनले उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन्। यसैबीच, दीपमालाले आफूलाई भोट गर्न अपिल गरेकी छिन्।

‘अहिले अधिकार पूर्ण रुपमा तपाईंकै हालमा छ। पपुलर च्वाइसका लागि भोटिङ खुला भइसकेको छ। तपाईं आफ्नो मनपर्ने प्रतिस्पर्धीलाई सिधैं टप १३ मा पुर्‍याउन सक्नुहुनेछ,’उनले लेखेकी छिन्।

दीपमालाको प्रतियोगी अंक १७ रहेको छ। मिस नेपालकै तयारीका लागि उनी चार/पाँच महिनादेखि नेपालमा छिन्। 

‘फाइनान्स एन्ड इकोनोमिक्स’ विषयमा स्नातक गरेकी दीपमालाले विश्व विश्वविख्यात ‘ब्ल्याकरक’ जस्तो कम्पनीमा काम गरिसकेकी छिन्।तर, आमाको अधुरो सपना पछ्याउदै ‘ब्ल्याकरक’ को जागिर छोडेर दीपमाला मिस नेपाल बन्नकै लागि नेपालमा छिन्। किनकी सन् १९९४ मा भएको मिस नेपालमा उनकी आमाले भाग लिएकी थिइन्।

फाइनान्सबाहेक दीपमाला तेक्वान्दो खेलाडी र म्याराथन धाविका समेत हुन्।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .