कारोबार


कालीमाटी तरकारी बजार पुगेर मन्त्री खनालले भनेः विषादी परीक्षण रिपोर्ट ३ दिनभित्र बुझाऊ

कालीमाटी तरकारी बजार पुगेर मन्त्री खनालले भनेः विषादी परीक्षण रिपोर्ट ३ दिनभित्र बुझाऊ

दीपक भट्ट
असार २७, २०७६ शुक्रबार ४:४६,

कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले शुक्रबार बिहान कालीमाटीस्थित फलफूल तथा तरकारी बजारका तरकारी परीक्षण प्रयोगशाला अनुगमन गरेका छन्।

पछिल्लो सयम भारतीय तरकारी बजारको परीक्षण सुरु गरिएको र भारतको दबाबमा पुनः चेकजाँच गर्न छाडिएको प्रसंग चर्चामा रहेका बेला मन्त्री खनालले कालिमाटी तरकारी बजारमा रहेको प्रयोगशालामा हुने नियमत चेकजाँच अनुगमन गरेका हुन्।

2 11

अनुगमन क्रममा उनले कुन स्थानबाट आएका तरकारी कस्ता छन्, स्थलगत अध्ययन गर्ने तथा फरक–फरक तकारीको समेत अध्ययन गरी ३ दिनभित्र रिपोर्ट बुझाउन केन्द्रीय कृषि प्रयोगशालालाई निर्देशन दिएका छन्।

कालिमाटीमा रहेको केन्द्रीय प्रयोगशालामा कार्यरत कर्मचारीले मन्त्री खनालसँग प्रयोग भएका कूल ४५ प्रतिशतभन्दा धेरै मात्रामा विषादी अवशेष प्रयोग भएको तरकारी तथा फलफूल स्वास्थ्यका दृष्टिले प्रयोग गर्न अयोग्य रहेको ब्रिफिङ गरेका थिए।

विश्व बजारमा पाइने २२ प्रकारका विषादी नेपालमा प्रतिबन्ध नै लगाएको र हाल प्रयोगमा आएका विषादी पनि मानव स्वास्थ्यका लागि हानिकारक रहेको उल्लेख गर्दै मात्रा हेरेर खानुपर्ने कर्मचारीले बताए।

3 7
कालिमाटीमा तरकारीहरूको नमुना परीक्षण नियमित हुने गरेको छ। कुनै पनि आयातमा रोक लगाइएको छैन।

कृषि मन्त्री खनालले पनि कुनै पनि देशमा आयात नै रोकेर तरकारी परीक्षण गर्ने प्रचलन नरहेको दाबी गरे। उनले नेपालको तरकारी कतारमा जाने र कुनै चेकजाँच नहुने गरेको बताए।

4 7

उनले भने, ‘शंका लागेमा चेकजाँच गर्न पाइन्छ, हामीले पनि गर्ने त्यही हो,’ उनले भने, ‘सबै तरकारी चेकजाँच गर्न संभव नै छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad