हङकङको ख्यातिप्राप्त केएमई रेमिट्यान्स लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटेन्स कारोबार सुरु भएको छ।
हङकङमा रहेका नेपालीहरुले केएमई रेमिट्यान्सको सेवा प्रयोग गरि सिटी एक्सप्रेस मार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन्। नेपालमा सिटी एक्सप्रेससँग आबद्ध सात हजार पाँच सय भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने, नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने छ।
उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र केएमई रेमिट्यान्स लिमिटेडको तर्फबाट निर्देशक कबिता गुरुङले हस्ताक्षर गरेका छन्।
आज एक औपचारिक समारोहका बिच हङकङबाट नेपाल पठाउने पहिलो बिप्रेषण कारोबार नेपालको लागि हङकङका महा–बाणिज्य दूत कमल प्रसाद भट्टराईद्वारा उद्घाटन गरी रेमिटेन्स कारोबार सुरु गरिएको छ। साथै नेपालमा बिप्रेषण पठाउँदा १ हप्ताको लागि निःशुल्क पठाउने व्यवस्था गरिएको छ र यो व्यवस्था ३१ मे २०२० सम्म लागु हुनेछ।
सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १३ वर्षदेखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट सात हजार पाँच सय भन्दा बढि नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया