कारोबार


इक्यानको १३ औँ शैक्षिक मेला सुरु

इक्यानको १३ औँ शैक्षिक मेला सुरु

नेपालखबर
असार २६, २०७६ बिहिबार १४:२८,

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को १३ औँ शैक्षिक मेला आजबाट सुरु भएको छ। इक्यानले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको मेला आइतबारसम्म सञ्चालन हुनेछ।

शैक्षिक मेलाको उद्घाटन पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरेका थिए। कार्यक्रममा डा. भट्टराईले राज्यले गुणस्तरीय शिक्षा दिन नसक्दा विद्यार्थीहरु विदेश अध्ययन गर्न जानुपरेको भन्दै विदेश पढ्न गएपनि नेपालमा आएर आफ्नो ज्ञानको उपयोग गर्न आग्रह गरे।

 मेलामा इक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स,अमेरिका, बेलायत, न्युजील्यान्ड, अष्ट्रेलिया, नर्वे लगायतका देशका कलेज तथा विश्वविद्यालयका अधिकारिक प्रतिनिधिहरुको सहभागिता रहेको छ।

नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको सम्भावना तथा अवसरहरु जस्ता बिषयमा पर्याप्त गरी स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु र त्यहाँ प्राप्त हुनसक्ने छात्रवृती, सुविधा एवंम गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुलाई समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने मेलाको प्रमुख उत्तरदायित्व रहेको ईक्यानका अध्यक्ष बिष्णुहरी पाण्डेले बताए।

अध्यक्ष पाण्डेले गलत धन्दा गर्ने शैक्षिक परामर्श व्यवसायीलाई सरकारले कारवाही गर्न नसकेको बताए। विदेश जान चाहने विद्यार्थीलाई नो अब्जेक्सन लेटर लिने लगायतका विषयमा सरकारले अनावश्यक झन्झट दिएको उनले आरोप लगाए।

उद्घाटन समारोहमा संघका पूर्व अध्यक्ष तथा सल्लाहकार परिषद्‍का अध्यक्ष राजेन्द्र बराललाई सम्मान गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad