कारोबार


सेयरबजारमा सुधार, सूचक र कारोबार रकम दुवै बढ्यो

सेयरबजारमा सुधार, सूचक र कारोबार रकम दुवै बढ्यो

नेपालखबर
जेठ २०, २०८३ बुधबार १५:४७, काठमाडौँ

बुधबार पनि सेयरबजारमा सुधार देखिएको छ। 

नेप्से २.६६ अंकले बढेर २७८०.२५ विन्दुमा चढ्दा कारोबार रकम पनि ५ अर्ब ७३ करोड नाघेको हो। 

मंगलबार कुल ५ अर्ब २६ करोडको कारोबार भएको थियो।

यस दिन १४८ वटा सेयरको मूल्य बढ्दा ११७ वटाको घटेको र ६ वटाको स्थिर छ।

बुधबारको कारोबारमा कालिञ्चोक हाइड्रोपावर १४.९९ प्रतिशत र एसबीएल डिबेन्चर १४.९३ प्रतिशतले बढे पनि बाँकी सेयरहरु ८.७३ प्रतिशतसम्म बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

आज ५.१८ प्रतिशतसम्म मात्र अधिकतम गिरावट देखिएको छ। कारोबारमा भने आँखु खोला जलविद्युत् कम्पनीको ४४ करोड कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनी २१ करोड, रिडी पावर २० करोडको किनबेच भएको छ। 

बुधबार वाणिज्य बैंक, फाइनान्स, जलविद्युत्, लगानी, अन्य र व्यापार सूचक घटे पनि बाँकी समूह बढेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad