कारोबार


हिमालय एयरलाइन्सले काठमाडौँ-शेन्जेन सिधा हवाई उडान गर्ने

हिमालय एयरलाइन्सले काठमाडौँ-शेन्जेन सिधा हवाई उडान गर्ने

नेपालखबर
जेठ १८, २०८३ सोमबार २१:५३, काठमाडौँ

हिमालय एयरलाइन्सले काठमाडौँ-शेन्जेन सिधा हवाई उडान सेवा सुरु गर्ने भएको छ।

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र चीनको प्रमुख प्रविधि तथा व्यापारिक केन्द्र शेन्जेनस्थित बाओआन अन्तर्राष्ट्रिय विमानस्थलबीच हप्तामा दुई दिन नियमित उडान सञ्चालन गर्न लागेको हो। हिमालय एयरलाइन्सले यही जेठ २१ गते बिहीबारबाट काठमाडौँ-शेन्जेन उडान सुरु गर्न लागेको हो।

उक्त एयरलाइन्सले सार्वजनिक गरेको तालिकाअनुसार काठमाडौँबाट शेन्जेनका लागि प्रत्येक म‌ंगलबार र बिहीबार राति ९ः५० बजे उडान हुनेछ। काठमाडौँबाट उडेको जहाज भोलिपल्ट बिहान ४ः३० बजे शेन्जेन पुग्नेछ।

त्यसै गरी, शेन्जेनबाट काठमाडौँका लागि प्रत्येक बुधबार र शुक्रबार बिहान ५ः५५ बजे उडान हुने तथा सोही दिन बिहान ८ः३५ बजे काठमाडौँ अवतरण गर्ने व्यवस्था मिलाइएको छ।

हिमालय एयरलाइन्सले नयाँ रुट सञ्चालनसँगै नेपाल र चीनबीचको हवाई सम्पर्क थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ। चीनको प्रमुख प्राविधिक सहरको रूपमा परिचित शेन्जेनसँग प्रत्यक्ष हवाई पहुँच स्थापित हुँदा पर्यटन, व्यापार, लगानी तथा दुई देशका नागरिकबीचको आदानप्रदानमा सकारात्मक योगदान पुग्ने अपेक्षा कम्पनीको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad