नेपालको धितोपत्र बोर्डमा सूचीकृत कम्पनीलाई तोकिएको प्रक्रिया पूरा गरी विदेशी धितोपत्र बजारमा सूचीकृत हुने बाटो खुलेको छ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले यसका लागि ग्लोबल डिपोजिटरी रिसिप्ट जारी गर्ने व्यवस्था मिलाउने बताएका हुन्।
त्यसैगरी सरकारले सेयरबजार मैत्री नीति तथा कार्यक्रम ल्याएको छ।
पुँजी बजारलाई मर्यादित र लगानी मैत्री बनाउन नियामकको क्षमता अभिवृद्धि प्रविधिमैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गर्ने भएको हो।
नेपाल स्टक एक्सचेञ्जको पुनर्संरचना अघि बढाई इन्ट्रा डे, सर्ट सेलिङ, डेरिभेटिभजस्ता उपकरणको चरणबद्ध सुरुवात गरिने अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बताए।
उनका अनुसार सरकारले सेयर कर्नरिङ, इन्साइडर ट्रेडिङजस्ता पुँजी बजारमा हुने अवाञ्छित गतिविधिमा शून्य सहनशीलताको नीति लिनेछ।
Shares

प्रतिक्रिया