सरकारले नेपाल विद्युत् प्राधिकरणलाई तीन टुक्रा बनाउने भएको छ। प्राधिकरणलाई विद्युत् उत्पादन, प्रसारण र वितरण तथा व्यापारका लागि तीन छुट्टाछुट्टै कम्पनीमा विभाजन गर्ने घोषणा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत् गरेका हुन्।
विद्युत् खरिद सम्झौता भएका तर निर्माण सुरु नगरेका आयोजनाको अनुमतिपत्र खारेज गर्ने घोषणा वाग्लेले गरेका छन्।
'टेक अर पे विधिमा नयाँ पीपीए गर्ने प्रबन्ध गर्नेछौँ,' वाग्लेले भने। यस्तै १० मेगावाटभन्दा कम क्षमताका विद्युत् आयोजनाको तत्काल पीपीए गर्ने र सुख्खायाममा घटाघटमा विद्युत खरिद दर निर्धारण गरेर खरिद सम्झौताको व्यवस्था गर्ने वाग्लेले बताएका छन्।
निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न पाउने व्यवस्था मिलाउने घोषणा अर्थमन्त्रीले गरेका छन्। यस्तै प्रसारणलाइन बनाउने र ह्वीलिङ चार्ज लिएर विद्युत् व्यापार गर्न सक्ने कानुनी व्यवस्था गरिने उनले बताए।
Shares

प्रतिक्रिया