कारोबार


डिलक्स श्रेणीसहितका तारे होटल २२२ पुगे, पर्यटकीय होटल १३ सय ८३ पुग्यो

डिलक्स श्रेणीसहितका तारे होटल २२२ पुगे, पर्यटकीय होटल १३ सय ८३ पुग्यो

नेपालखबर
जेठ १३, २०८३ बुधबार १४:४५, काठमाडौँ

पछिल्लो एक वर्षमा ८ वटा डिलक्स श्रेणीसहितका तारे होटल थपिएका छन्। 

योसँगै ०८२ फागुनसम्म यस्ता होटलको संख्या २२२ पुगेको हो। ०८१ फागुनसम्म यो संख्या २१४ थियो। 

यसैगरी तारेस्तरमा वर्गीकृत नभएका तर पर्यटकस्तरीय सेवा प्रदान गर्ने डिलक्स÷लक्जरी हेरिटेज बुटिक होटल, होटल, लज तथा रिसोर्टको संख्या बढेको आर्थिक सर्वेक्षणले देखाएको छ। 

तारेस्तरबाहेकका पर्यटकीय होटलको संख्या फागुनसम्म १ हजार ३ सय ८३ पुगेको हो। ०८१ फागुनसम्म यो संख्या १ हजार ३ सय ६४ थियो। 

रिसोर्ट तथा डिलक्ससहितका तारे होटलको शय्याको संख्या चालू आवको फागुनसम्म ८७६ थप भई २०८२ फागुनमा २१ हजार २ सय १९ पुगेको छ। 

तारेस्तरबाहेकका उक्त होटल तथा रिसोर्टको शय्या चालू आवको फागुनसम्म ६१६ थपिएसँगै ४२ हजार ९ सय १५ पुगेको छ। 

यो अवधिमा क्यासिनोप्रतिको आकर्षण समेत बढेको पाइएको छ। ०८१ असारसम्म २९ वटा क्यासिनो रहेकामा ०८२ फागुनसम्म ३६ पुगेको सर्वेक्षणले देखाएको छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad