नेपालमा श्रम स्वीकृति लिएर काम गर्न आउने विदेशी नागरिकको संख्या घटेको देखिएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदमा पेस गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार श्रम स्वीकृति लिएर काम गर्न आउने विदेशी नागरिकको संख्या घटेको देखिएको हो।
आर्थिक सर्वेक्षण अनुसार ३९५ गैर नेपाली नागरिकले श्रम स्वीकृति प्राप्त गरेका हुन्। भने सो अवधिमा ८९० गैर–नेपाली नागरिककको श्रम स्वीकृति नवीकरण भएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ५८२ र १ हजार ८० रहेको थियो।
39
Shares

प्रतिक्रिया