कारोबार


यी हुन् नेपालका टप १० सरकारी विद्यालय, कुनमा कति छन् विद्यार्थी?

यी हुन् नेपालका टप १० सरकारी विद्यालय, कुनमा कति छन् विद्यार्थी?

नेपालखबर
जेठ १३, २०८३ बुधबार १३:४६, काठमाडौँ

देशभर सञ्चालित सरकारी विद्यालयमध्ये रुपन्देहीको कालिका मानविज्ञान माध्यमिक विद्यालय पुन: पहिलो बनेको छ।

सबैभन्दा बढी विद्यार्थी संख्या रहेका १० सामुदायिक विद्यालयमा कालिका फेरि पहिलो बनेको छ। कालिकामा ८ हजार २३९ विद्यार्थी पुगेका छन्। गत वर्ष उक्त विद्यालयमा ७ हजार ४६७ विद्यार्थी थिए। 

रुपन्देहीकै शान्ति नमुना माध्यमिक विद्यालय तेस्रोबाट दोस्रोमा उक्लिएको छ। शान्ति नमुनामा ७ हजार १२० विद्यार्थी पुगेका छन्। गत वर्ष यो विद्यालयमा ५ हजार ६४१ विद्यार्थी थिए।

धनुषाको जनता नमुना माध्यमिक विद्यालयमा भने विद्यार्थी संख्या घटेको छ। जसका कारण गत वर्ष शीर्ष दुईमा रहेको जनता नमुना यो वर्ष तेस्रोमा झरेको छ। जनता नमुनामा ६ हजार २६६ विद्यार्थी अध्ययनरत छन्। 

रुपन्देहीकै  कान्ति माध्यमिक विद्यालयमा ६ हजार ३४, नवीन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालयमा ६ हजार ३४० विद्यार्थी छन्। 

काठमाडौंको ज्ञानोदय माविमा ४ हजार ७४६ र मोरङको सुकुना माविमा ४ हजार ६४२ विद्यार्थी अध्ययनरत छन्। काठमाडौंको विश्वनिकेतन माविमा ४ हजार ३०१, भक्तपुरको वागिश्वरी माविमा ४ हजार १८५ र कपिलवस्तुको नेपाल आदर्श माविमा ४ हजार ११४ विद्यार्थी अध्ययन गरिरहेका छन्। 

शीर्ष १० को सूचीबाट यो वर्ष पर्साको त्रिजुद्ध महाविर रघुविर राम मावि र रौतहटको जनता मावि बाहिरिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad