नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्द १४ जनाले आवेदन दिएका छन्।
कम्पनीले सीईओ नियुक्ति सम्बन्धि कार्यविधि, २०८३ को दफा १३ को उपदफा (२) बमोजिम वैशाख ११ गते दरखास्त आव्हान गरेको थियो।
दरखास्त आव्हान गरिएकोमा दर्ता हुन आएका दरखास्तहमध्ये न्यूनतम योग्यता पुगेका १४ उम्मेदवारहरुको नाम कम्पनीले सार्वजनिक गरेको छ।
सीईओ पदका लागि कामेश्वर यादव, प्रभाकर थापा, रन्जन ढुंगेल, कौसल केसी, विष्णु गुप्त गौतम, सचिन अवाले र प्रविण जंग थापाले आवेदन दिएका छन्।
यस्तै अशोककुमार श्रेष्ठ, विश्वामित्र सञ्जेल, डा. उमेशजंग थापा, रामचन्द्र काफ्ले, लवप्रसाद जोशी, कृष्णप्रसाद सापकोटा र छविराज पोखरेलले सीईओका लागि दरखास्त दिएका हुन्।
18
Shares

प्रतिक्रिया