सेयरबजारमा लगातारको गिरावटमा ‘ब्रेक’ लागेको छ।
बुधबार परिसूचक नेप्से १.१० प्रतिशत अर्थात् ३०.०८ अंकले बढेको हो।
योसँगै सेयरबजार २७५४.४८ विन्दुमा चढेको छ। यस दिन कुल कारोबार ३ अर्ब ८२ करोडको भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
उक्त कारोबारमा २४८ वटा सेयरको मूल्य बढ्दा २१ वटा घटेका र एउटा अघिल्लो मूल्यमै कारोबार भएको हो।
यस दिन अपर लोहोरे खोला हाइड्रोको सेयरमा सकारात्मक सर्किट र माउन्टेन हाइड्रो ११.८८ प्रतिशतले बढेका छन्। बाँकी सेयरहरुमा अधिकतम ७.५१ प्रतिशतसम्मको बढावट देखिएको छ।
आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकको घटेको छ। १३.२६ प्रतिशतले मूल्यह्रास देखिएको यो सेयर प्रतिकित्ता मूल्य ३०५ रुपैयाँमा झरेको छ। यसबाहेक बाँकी सेयर अधिकतम ६.४० प्रतिशतसम्मले घटेका छन्।
बुधबाार सर्वाधिक कारोबार १८ करोडसम्म मात्र छ। कर्पोरेट डेभलपमेन्ट बैंकको १८ करोडको कारोबार भएको हो। यस दिन सबै समूहमा हरियाली छ।
Shares

प्रतिक्रिया