कारोबार


काठमाडौँका यी संस्थागत विद्यालयको नाम, स्थान र स्वामित्व परिवर्तन हुने (सूचनासहित)

काठमाडौँका यी संस्थागत विद्यालयको नाम, स्थान र स्वामित्व परिवर्तन हुने (सूचनासहित)

नेपालखबर
जेठ १, २०८३ शुक्रबार १०:२७, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले पाँचवटा संस्थानग (जिनी) विद्यालयको नाम, स्थान र स्वामित्व परिवर्नन हुने जनाएको छ। 

महानगरको शिक्षा विभागले आज सूचना जारी गर्दै एउटा विद्यालयले नाम र ठेगाना, तीनवटा विद्यालयले ठेगाना र एउटा विद्यालले स्वामित्व परिवर्तनको लागि निवेदन प्राप्त भएको जानकारी दिएको हो। 

महानगरले ती विद्यालयले नाम, स्थान र स्वामित्व परिवर्ननप्रति कसैको केही दाबी, बिरोध भए ३५ दिनभित्र लिखित निवेदन दिन भनेको छ। 

‘यस महानगर अन्तर्गत सञ्चालित देहाय बमोजिमका संस्थागत विद्यालयहरूले व्यहोरा (नाम, स्थान र स्वामित्व) परिवर्तन गरिपाऊँ भनी कम्पनी रजिस्ट्रारको कार्यालयबाट नाम, स्थान र स्वामित्व परिवर्तन गरेको पत्र समेत लिई यस विभागमा निवदेन दर्ता गराउनुभएकोमा तपसिलका शैक्षिक संस्थाका नाम, स्थान र स्वामित्व परिवर्तन सम्बन्धमा कुनै व्यक्ति वा सङ्घ संस्थाको कुनै किसिमको दाबी विरोध भएमा यसै सूचनालाई आधार मानी आवश्यक प्रमाण सहित यो सूचना प्रकाशन भएको मितिले ३५ (पैंतीस) दिनभित्र लिखित निवेदन यस विभागमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा भनिएको छ, ‘अन्यथा निवेदकको माग बमोजिम भडजाने व्यहोरा समेत जानकारी गराइन्छ।’

हेर्नुहोस् सूचना 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad