नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठले पदबहाली गरेका छन्।
विधानतः स्वतः अध्यक्ष भएका श्रेष्ठले बुधबार अध्यक्षको जिम्मेवारी लिएका थिए। सोसँगै बिहीबार पदबहाली गरेका हुन्।
मंगलबार भएको निर्वाचनमार्फत श्रेष्ठको अध्यक्षतामा महासंघमा नयाँ कार्यकारिणी समिति चयन भएको छ।
नयाँ समितिमा जिल्ला नगर उद्योग वाणिज्य समूहबाट कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ उपाध्यक्ष बनेका छन्। त्यसैगरी कार्यकारिणी समिति खुल्लातर्फ यो समूहबाट १५ जना, यही समूहबाट प्रत्येक प्रदेशबाट २ जनाका दरले १४ जना सदस्य बनेका छन्।
वस्तुगततर्फ भने नरेशलाल श्रेष्ठ उपाध्यक्ष चुनिएका छन्। यो समूहबाट कास सदस्यमा १३ जना विजयी हुँदा महिलातर्फ सुनिता न्हेम्हाफुकी र वस्तुगत महासंघबाट कास सदस्यमा विश्वनाथ खनाल र सुनैना घिमिरे विजयी भएका छन्।
एसोसिएटतर्फ उपाध्यक्ष्मा प्रबलजंग पाण्डे विजयी भएका छन्। यसबाट १७ जना कास सदस्य बनेका छन्। यो समूहबाट महिलातर्फ अभिज्ञा मल्ल र जुना माथेमा विजयी भएका छन् भने द्विराष्ट्रिय उवासंघबाट मनोज पौडेल, संस्थापक सदस्य समूहबाट गोपाल श्रेष्ठ र सुमन कुमार श्रेष्ठ कास सदस्यमा निर्वाचित भएका छन्।
Shares

प्रतिक्रिया