सिमरास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरणमा रहेका उद्योगले उत्पादन थालेका छन्। सरकारले सेजको अवधारणालाई कार्यान्वयनमा ल्याएपछि यहाँ उद्योग सञ्चालनमा आएका हुन्।
विशेष आर्थिक क्षेत्र प्राधिकरणमातहत ८३३ बिघा जग्गा भए पनि अहिले ३४३ बिघा क्षेत्रफलअन्तर्गत विभिन्न ब्लकमा छवटा उद्योगले उत्पादन सुरु गरिसकेका छन्।
“सेज परिसरमा रहेका आधा दर्जन उद्योगले अहिले उत्पादन गरिरहेका छन्”, उनले भने, “एक दर्जनभन्दा धेरै उद्योग अहिले निर्माणाधीन अवस्थामा रहेका छन्।”
सेजमा रहेको पशुपति सेरामिक्स प्रालिले सेरामिक्ससम्बन्धी वस्तु तथा सामान उत्पादन गर्दै आइरहेको छ। सो उद्योगले करिब ४५० जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी दिँदै आइरहेको छ।
सिमरास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरणका सबइन्जिनियर अजयकुमार चौधरीले सिमरा सेजमै अहिले करिब एक दर्जनभन्दा धेरै उद्योग निर्माणाधीन अवस्थामा रहेको जानकारी दिए। सेजमा औसत उद्योगले दुई करोडदेखि दुई सय करोडसम्मको लगानी गरेका छन्। सेजमा प्रतिवर्गमिटर रु पाँचका दरले लिजमा लिएर उद्योग सञ्चालन गर्ने प्रावधान छ। अहिले सेजमा नेपोभिट सेरामिक्स प्रालि, केभेक्स हिमालयन, रेम्बो एग्रो, ओमकार ग्रेनाइट प्रालि, बवाङ उइयाङ्ग बायो टेक्नोलोजी, लाडिकर प्रालि, ओममेघाश्री प्रालि, हुलास केबल प्रालि, मातारा मसला उद्योग, एभेरेष्ट मसला प्रालिलगायत उद्योग निर्माणाधीन अवस्थामा छन्।
Shares

प्रतिक्रिया