जिल्ला प्रहरी कार्यालय भैरहवा रुपन्देहीले लाखौँको भेप तथा हुक्कामा प्रयोग हुने अवैध सामान नियन्त्रणमा लिएको छ।
रुपन्देही प्रहरीले १७ गते बुटवल उपमहानगरपालिका ११ मा रहेको गोदामबाट ४३ लाख २१ हजार ५ सय रुपैयाँ बराबरका ती सामग्री बरामद गरेको हो।
सामानसहित सोही स्थानका पिंकु जयसवाल पक्राउ समेत परेका छन्। बरामद सामान भैरहवा भन्सार कार्यालयमा पठाएर उनीविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
बरामद सामानहरुमा १५७ वटा हुक्का भेप, १ हजार ४२२ वटा हुक्कामा प्रयोग हुने कोइला, ५५२ वटा हुक्कामा प्रयोग हुने फ्लेभर, १६० वटा हुक्का सेट, ३३ वटा हुक्का बेस, ४५ वटा हुक्काको एयर बलर, ६०० वटा हुक्का पाइप, १०० वटा हुक्का प्लाउट, ७०० वटा हुक्का चिलिम र २२ वटा हुक्का हिटर रहेका छन्।
36
Shares

प्रतिक्रिया