कारोबार


सरकारले विश्व बैंकबाट ८ अर्ब ऋण लिने, उद्योगहरूमा जडान हुनेछन् इलेक्ट्रिक बोयलर

सरकारले विश्व बैंकबाट ८ अर्ब ऋण लिने, उद्योगहरूमा जडान हुनेछन् इलेक्ट्रिक बोयलर

अर्थमन्त्री डा.वाग्ले निजी क्षेत्र विज्ञ पनि हुन्।


नेपालखबर
बैशाख २१, २०८३ सोमबार १४:१०, काठमाडौँ

सरकारले विश्व बैंकसँग ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियत ऋण लिने भएको छ। यो बाहेक ५ मिलियन बराबरको अनुदान पनि स्वीकार गर्ने निर्णय गरेको छ।

ऋण लिइएको ५२ मिलियन अमेरिकी डलर भनेको सोमबारको विदेशी मुद्राको विनिमयदरअनुसर ७ अर्ब ८८ करोड ३७ लाख रुपैयाँ बराबर हुन आउँछ। यसैगरी सरकारले पाएको अनुदान रकमको नेपाली रुपैयाँ ७५ करोड ९० लाख रुपैयाँ हुन आउँछ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकले परम्परागत बोयलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्न उद्योगहरूलाई ऋण उपलब्ध गराउने र वायु गुणस्तर मापन क्षमता बढाउने प्रयोजनका लागि यो ऋण र अनुदान लिएको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिए।

ब्रिकेट बायोमास बोयलर उद्योगहरुमा प्रयोग हुने उपकरण हो। नेपालका उद्योगहरुले डिजेल, ग्यास वा बायोमास प्रयोग गर्दै आएका छन्। सरकारले यसलाई परिवर्तन गरी उच्च गुणस्तरीय वातावरणमैत्री वोयलर जडानको कार्यक्रम सुरुवात गर्न यो ऋण लिएको हो।

एक बेला विश्वबैंकको निजी क्षेत्र विज्ञ रहेर काम गरेका डा.स्वर्णिम वाग्ले अर्थमन्त्री भएको अवस्थामा सरकारले यो ऋण लिने निर्णय गरेको हो।

यसैगरी सरकारले बैठकले भारतसँग जिटुजी खरिद माध्यमबाट ६० हजार मेट्रिकटन यूरिया र २० हजार मेट्रिकटन डिएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad