नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाबाट ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।
निक्षेप संकलन उपकरण प्रयोग गरी केन्द्रीय बैंकले उक्त रकम १६८ दिनका लागि संकलन गर्नलागेको हो।
दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोलमार्फत संकलन हुने रकमको सावाँ र ब्याज भुक्तानी राष्ट्र बैंकले असोज २१ गते गर्नेछ।
यसमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन्। उनीहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल लगाउन पाउनेछन्।
उक्त रकम बैंक तथा वित्तले राष्ट्र बैंकबाहेक अन्यमा धितोका रुपमा प्रयोग गर्न पनि पाउनेछन्।

33
Shares

प्रतिक्रिया