कारोबार


इजरायल–यूएईसहित ११ देशमा खुल्यो सबै प्रकारको श्रम स्वीकृति

इजरायल–यूएईसहित ११ देशमा खुल्यो सबै प्रकारको श्रम स्वीकृति

नेपालखबर
बैशाख ७, २०८३ सोमबार १८:१६, काठमाडौँ

सरकारले पश्चिम एसियामा तनाव चलिरहेकै बेला त्यस क्षेत्रका देशमा सबै प्रकारको श्रम स्वीकृति खुल्ला गरेको छ। 

वैदेशिक रोजगार विभागले इरान द्वन्द्वको चपेटामा परेका इजरायल, यूएईसहित ११ देशमा व्यक्तिगत, संस्थागत र वैधानिकीकरण प्रकृतिका श्रम स्वीकृति पूर्ववत् अवस्थामा हुने गरी खोलेको हो। 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सोमबारको मन्त्रीस्तरीय निर्णयबाट श्रम स्वीकृति खुल्ला गरिएको हो। यसअनुसार साउदी, अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, यमन, जोर्डन, लेबनन, टर्की र इजरायलमा अब सबै प्रकारको श्रम स्वीकृति लिन पाइनेछ। 

इराकको हकमा भने गत पुस ११ को मन्त्रिपरिषद्को निर्णयअनुसार नै हुने विभागले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad