विगत केही दिनदेखि लगातार बढ्दै आएको सुनचाँदीकै मूल्य आज घटेको छ।
सुनको मूल्य आज तोलामा ३ हजार रुपैयाँ घटेर २ लाख ९९ हजार ८ सय रुपैयाँमा झरेको हो।
बिहीबार र शुक्रबार सुनको भाउ तोलामा ६१ सय रुपैयाँ बढेको थियो। हिजो सुनको भाउ तोलाको ३ लाख २ हजार आठसय रुपैयाँ थियो।
त्यसैगरि आज चाँदीको भाउ पनि तोलामा १२० रुपैयाँ घटेर ५ हजार १३० रुपैयाँमा झरेको छ।
गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।
Shares

प्रतिक्रिया