कारोबार


अर्थमन्त्रीले भने– अब निजी क्षेत्रले घुस खुवाउनु पर्दैन, ढुक्क भएर लगानी गर्नुस्

अर्थमन्त्रीले भने– अब निजी क्षेत्रले घुस खुवाउनु पर्दैन, ढुक्क भएर लगानी गर्नुस्

नेपालखबर
चैत १६, २०८२ सोमबार १६:२१, काठमाडौँ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अब निजी क्षेत्रले काम गराउन घुस खुवाउनु नपर्ने बताएका छन्। 

सोमबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुले उनीसँग भेटेका थिए। 

सोही क्रममा अर्थमन्त्री वाग्लेले घुस खुवाउन, कामकाजमा लाइन लाग्न र थुनिन नपर्ने बताएका हुन्। 

उनले उद्योगी व्यवसायीलाई लगानी बढाउन र देशमा रोजगारी सिर्जना गर्न आग्रह गरेका थिए। 

‘म अर्थतन्त्रको जहाज मोडेर देशलाई नयाँ गतिमा लैजान आएको हुँ’, उनले भने, ‘म घुस खान आएको होइन, कसैलाई खान पनि दिन्नँ।’ 

निजी क्षेत्रले अब दुःख नपाउने बताउँदै उनले आफू निजी क्षेत्रकै सहयात्री भएको बताए। 

आर्थिक बेइमानी भए आर्थिक जरिवाना गराउने बताउँदै व्यापारी उद्योगी नथुनिने आश्वस्त पारे। 

‘तर राज्य साथी र सहयात्री बन्दा निजी क्षेत्र पनि बेइमानी नहोला भन्ने अपेक्षा छ। नियोजित बेइमानी कसैले गर्छ भने हामी पनि निर्मम प्रस्तुत हुन्छौँ’, उनको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad