कारोबार


सांसदमा निर्वाचित गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना

सांसदमा निर्वाचित गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना

नेपालखबर
चैत १०, २०८२ मंगलबार १४:१५, काठमाडौँ

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरू सिन्धुलीका आशिष गजुरेल र बागलुङका सोम शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेको छ।

ललितपुरस्थित रोयल टुलिप होटलमा हिजो आयोजित एक कार्यक्रमका बीच बधाई ज्ञापन गर्दै नेपाली सडक, यातायात, अटोमोबाइल, सडक सुरक्षा, साहसिक खेलकुद तथा दिगो पर्यटनका विषयमा ध्यानाकर्षण पत्रसमेत हस्तान्तरण गरिएको थियो ।

नेपालका दर्जनौँ संघ–संस्थाहरूले निर्वाचनपूर्व नै रास्वपा लगायतका प्रमुख राजनीतिक दलहरूलाई यस्ता सुझावहरू प्रस्तुत गरेका थिए । उनीहरू दुवै जना रास्वपाबाट निर्वाचित भएका हुन्, जुन पार्टीले संसदमा लगभग दुई–तिहाइ बहुमतसहित सरकार गठन गर्ने अवस्थामा रहेको छ।

अल्पाइन स्पोट्र्स फेडेरेसन–नेपालसँगको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा संघका अध्यक्ष दशरथ रिसाल, सल्लाहकार ठाकुर प्रसाद न्यौपाने, राष्ट्रिय खेलकुद परिषद् (राखेप) की कार्यकारी सदस्य सुवर्ण केशरी श्रेष्ठ तथा नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।

त्यसैगरी, संघका उपाध्यक्ष अनिल कुमार बराल र सिताराम न्यौपाने, अल्पाइन स्पोट्र्स फेडेरेसन–नेपालका अध्यक्ष गोविन्द भट्टराई, रोड सेफ्टीका पिएचडी स्कलर भगवती सेढाई, कर्णाली अल्पाइन स्पोट्र्स फेडेरेसनका अध्यक्ष देविकृष्ण रोकाया तथा दुवै संस्थाका अन्य पदाधिकारीहरूले पनि बधाई तथा शुभकामना व्यक्त गरे।

कार्यक्रममा आशिष गजुरेललाई अटोमोबाइल, यातायात व्यवस्थापन तथा सडक सुरक्षासम्बन्धी विषयमा र सोम शर्मालाई साहसिक खेलकुद तथा दिगो पर्यटनसम्बन्धी विषयमा ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै आशिष गजुरेलले आफ्नो शैक्षिक, व्यावसायिक तथा राजनीतिक प्रतिबद्धताअनुसार सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले नेपाल अटोमोबाइल्स एसोसिएसनप्रति आफ्नो आत्मीयता व्यक्त गर्दै संघका दक्ष, योग्य र क्रियाशील व्यक्तिहरूलाई आगामी सरकारका कदमहरूमा साथ दिन अनुरोध गरे।

यसैगरी, अर्का सांसद सोम शर्माले नेपाली खेलकुद, विशेषगरी साहसिक खेलकुद क्षेत्रमा आफ्नो सक्रिय नेतृत्व रहने उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि नासा नेपाल र अल्पाइन स्पोट्र्स फेडेरेसन–नेपालका पदाधिकारीहरूको सहयोग र समर्थनको अपेक्षा व्यक्त गरे। साथै, उनले गण्डकी प्रदेश र बागलुङलाई नेपाली साहसिक तथा पर्यटकीय खेलकुदको केन्द्रका रूपमा विकास गर्न आफू क्रियाशील रहने प्रतिबद्धता जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad