कारोबार


१४ खर्ब बढीको विदेश व्यापारमा नेपाललाई झण्डै ११ खर्ब घाटा

१४ खर्ब बढीको विदेश व्यापारमा नेपाललाई झण्डै ११ खर्ब घाटा

नेपालखबर
चैत ८, २०८२ आइतबार १३:३०, काठमाडौँ

चालू आर्थिक वर्षको पहिलो ८ महिनामा नेपालले १२ खर्ब ८९ अर्ब २५ करोड २ लाख ३१ हजार रुपैयाँको वस्तु आयात गरेको छ। 

भन्सार विभागका अनुसार अघिल्लो आवको सोही अवधिभन्दा यस वर्ष १२.५४ प्रतिशतले आयात बढेको हो। गत आवको सोही अवधिमा नेपालले ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख ४० हजारको आयात गरेको थियो। 

त्यसैगरी साउनदेखि फागुनसम्म नेपालले १ खर्ब ९१ अर्ब ११ करोड २० लाख ३० हजारको वस्तु निर्यात समेत गरेको छ। जुन गत आवको सोही अवधिको तुलनामा २०.८३ प्रतिशतले बढी हो। गत वर्ष १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख २ हजारको निर्यात भएको थियो। 

नेपालले ८ महिनामा कुल १४ खर्ब ८० अर्ब बढीको बाह्य व्यापार गरेको छ। गत आवको सोही अवधिमा १३ खर्ब ३ अर्ब ७३ करोड ८६ लाख ४२ हजारको व्यापार भएको थियो। बाह्य व्यापार यस वर्ष १३.५५ प्रतिशतले बढेको विभागको तथ्यांकले देखाएको छ। 

यो अवधिमा नेपालको व्यापारघाटा पनि ११.२२ प्रतिशतले बढेको छ। आठ महिनामा नेपालले १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाखको व्यापारघाटा व्यहोरेको छ। अघिल्लो वर्ष सोही अवधिमा ९ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख ३८ हजारको व्यापारघाटा भएको थियो।

तथ्यांकअनुसार ८ महिनामा नेपालले घाटा व्यहोरेका देशहरुमा अफगानिस्तान, अर्जेन्टिना, अस्ट्रेलिया, अस्ट्रिया, बंगलादेश, बेल्जियम, ब्राजिल, चीन, फ्रान्स, भारत, हङकङलगायत छन्। चीनसँग मात्रै नेपालको व्यापारघाटा २ खर्ब ६४ अर्ब छ भने भारतसँग ५ खर्ब ६७ अर्ब बढी रहेको छ। 

नेपालले अमेरिकन सामोआ, एंगोला, एन्टिगुआ एन्ड बार्बुडा, बहमास, केम्यान आइल्यान्ड, इक्वेडर, घानालगायतसँग व्यापार नाफा गरेको देखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad