कारोबार


आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट, कति घट्यो?

आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट, कति घट्यो?

नेपालखबर
चैत ८, २०८२ आइतबार ११:७, काठमाडौँ

आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट आएको छ। 

सुनको मूल्य आज तोलामा १२ हजार पाँसय रुपैयाँ घटेर दुई लाख ८२ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

गएको शुक्रबार सुनको मूल्य सात हजार आठसय रुपैयाँ घटेर दुईलाख ९४ हजार पाँचसय रुपैयाँ कायम भएको थियो। 

गएको बिहीबार पनि सुनको भाउ तोलामा पाँच हजार चारसय र बुधबार दुई हजार दुईसय रुपैयाँ घटेको थियो।  

गएका चार दिनमा सुनको भाउ तोलामा २७ हजार नौसय रुपैयाँ घटिसकेको छ। 

गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

चाँदीको मूल्य आज तोलामा ३५५ रुपैयाँ घटेको छ। मूल्य घटेर आज चाँदीको भाउ चार हजार ५४० रुपैयाँ कायम भएको छ। 

गएको शुक्रबार पनि चाँदीको भाउ तोलामा ११५ रुपैयाँ घटेको थियो।  बिहीबार पनि चाँदीको भाउ तोलामा १४० रुपैयाँ घटेको थियो भने गएको बुधबार पनि चाँदीको भाउ तोलामा १८५ रुपैयाँ घटेको थियो। 

गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad