ad ad

कारोबार


सिटिजन लाइफद्वारा एजेन्सी म्यानेजरहरुको कोरोना बीमा

सिटिजन लाइफद्वारा एजेन्सी म्यानेजरहरुको कोरोना बीमा

नेपालखबर
बैशाख ३१, २०७७ बुधबार ९:३९,

 सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोना भाइरस (कोभिड–१९) महामारीको विरुद्ध आफ्ना एजेन्सी म्यानेजरहरुलाई पनि रु. १ लाखको बीमालेख प्रदान गरेको छ। जीवन बीमा व्यवसायको विकास र विस्तारका लागि बीमा अभिकर्ताहरु कम्पनीको मेरुदण्ड हुन्।

कम्पनीसँग आवद्ध बीमा अभिकर्ता (सिटिजन लिडर) हरुको कार्य दक्षता अभिवृद्धि गरी उत्पादकत्व बढाउन तथा यस पेशालाई अझ मर्यादित एवम् व्यवसायिक बनाउन अहिलेको यस विषम परिस्थितिमा आफ्ना लिडरहरुको व्यवसायिक मनोवल उच्च गराउन कम्पनीले निर्धारण गरेको व्यवसायिक लक्ष्य हासिल गरेका सम्पूर्ण एजेन्सी म्यानेजरहरुलाई रु. १ लाखको कोरोना भाइरस, कोभिड–१९ बीमा सुविधा उपलब्ध गराएको जनाएको छ। उक्त सुविधा कम्पनीले निर्र्जीवन बीमा कम्पनी श्री शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबाट सामुहिक बीमा बीमालेख खरिद गरी उपलब्ध गराएको हो।

बीमा समितिको निर्देशन बमोजिम कोरोना भाइरस रोगको रक्षावरण गर्नका लागि कोरोना भाइरस (कोभिड–१९) नयाँ बीमालेख प्रचलनमा आउने बित्तिकै यस अघि सिटिजन लाइफले आफ्ना कर्मचारीहरुलाई पनि सोहीे सुविधा उपलब्ध गराएको थियो। कोरोना लागेको पीसीआर परीक्षणमा पोजेटिभ देखिने बित्तिकै बीमाङ्क रकम भुक्तानी लिन पाइनेछ।

यस बीमालेखले बीमितहरुलाई एक वर्षसम्म सुरक्षा प्रदान गर्दछ। आफ्नो टिमको मनोबल उच्च राख्न र कम्पनीमा आबद्ध लिडरहरुको सेवा सुविधा र क्षमता बृद्धि विकासमा अग्रणी भूमिकामा रहदै आएको सिटिजन लाइफले आफ्नो यस प्रयासले आफ्ना लिडरहरुको क्यारियर एजेन्सीको रुपमा काम गर्न थप आधार तयार हुने विश्वास लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .