कारोबार


सात महिनामा १२ खर्ब ६१ अर्ब भित्रियो रेमिट्यान्स

सात महिनामा १२ खर्ब ६१ अर्ब भित्रियो रेमिट्यान्स

नेपालखबर
फागुन २७, २०८२ बुधबार १८:२४, काठमाडौँ

चालू आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १२ खर्ब ६१ अर्बरुपैयाँ भित्रिएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार रेमिट्यान्स ३९.८ प्रतिशतले वृद्धि भई १२ खर्ब ६१ अर्ब १ करोड पुगेको हो।   

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले बढेको थियो। २०८२ माघ महिनामा विप्रेषण आप्रवाह  १ खर्ब ९८ अर्ब ८ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ३७ अर्ब ५० करोड रुपैयाँ थियो। 

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३.० प्रतिशतले वृद्धि भई ८ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ५.५ प्रतिशतले बढेको थियो। 

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १३ खर्ब ८४ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९ खर्ब ८६ अर्ब ३४ करोड रहेको थियो। 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ४५ हजार १५३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख २७ हजार ४२४ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः २ लाख ७४ हजार ६२२ र १ लाख ९० हजार ८८६ रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad