कारोबार


चर्किँदो द्वन्द्वबीच दुबई उडान गर्दै वायुसेवा निगम, टिकट पुन: प्रमाणीकरण गर्न यात्रुलाई आग्रह

चर्किँदो द्वन्द्वबीच दुबई उडान गर्दै वायुसेवा निगम, टिकट पुन: प्रमाणीकरण गर्न यात्रुलाई आग्रह

नेपालखबर
फागुन २६, २०८२ मंगलबार १४:३३, काठमाडौँ

नेपाल वायुसेवा निगमले द्वन्द्व चर्किएको पश्चिम एसियामा उडान गर्ने भएको छ। 

बुधबार राति सवा ११ मा काठमाडौं–दुबई (आरए२२९) उडान हुनलागेको हो। 

त्यसपछि पर्सि दुबईबाट काठमाडौं (आरए२३०) उडान हुनेछ। दुबईबाट स्थानीय समयअनुसार ०४ः१० मा जहाज काठमाडौं प्रस्थान गर्ने निगमले जनाएको छ। 

उडन समय नियमित तालिकाअनुसार नै हुनेछ। २८ फेब्रुअरीदेखि ०९ मार्चसम्म टिकट लिई यात्रा गर्न नपाएका यात्रुले भोलिको दिन यात्रा गर्न चाहे इमेलमा टिकट पठाई निगमबाट टिकट पुनः प्रमाणीकरण गराई प्रमाणित टिकटअनुसार तथा निगमको सूचना समेतलाई आधार मानी यात्रा गर्न निगमले अनुरोध गरेको छ। 

निगमले टिकट पुनः प्रमाणीकरण गरिएका यात्रु्हरु मात्र विमानस्थल जान पनि अनुरोध गरेको छ। जहाजको सिटको उपलब्धताअनुसार पहिलेदेखि रोकिएका यात्रुलाई ‘फर्स्ट कम फर्स्ट सर्भ बेसिस’मा टिकट दिने जनाइएको छ। 

दुबई जाने यात्रुले [email protected] (०१-५७१८५३८/५७१८५३९) मार्फत जानकारी गराउनुपर्नेछ भने दुबईबाट नेपाल यात्रा गर्नेले [email protected] (+९७१५४४३११७५०/+९७१५०५०७४२४७) मार्फत टिकट पुन: प्रमाणित गर्न सक्ने निगमले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad