कारोबार


चार पूर्वअर्थमन्त्रीले हार्दा वर्षमानले मात्र जिते

चार पूर्वअर्थमन्त्रीले हार्दा वर्षमानले मात्र जिते

नेपालखबर
फागुन २५, २०८२ सोमबार १४:३०, काठमाडौँ

प्रतिनिधिसभाको निर्वाचनमा यसपटक ५ पूर्वअर्थमन्त्री होमिएका थिए। तर तीमध्ये एक मात्र विजयी हुन सफल रहे।

चार पूर्वअर्थमन्त्री विष्णु पौडेल, जनार्दन शर्मा, ज्ञानेन्द्र बहादुर कार्की र डा. प्रकाशशरण महत हार्दा वर्षमान पुन निर्वाचित भएका हुन्।

दुई पटक अर्थमन्त्री भइसकेका पुनले रोल्पाबाट चुनाव जितेका हुन्।

नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार पुन २७ हजार ४६० मतसहित विजयी भएका हुन्। निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका सुदनकुमार वलीले १२ हजार  ८ मत ल्याएका थिए।

पाँच पटक अर्थमन्त्री बनेका नेकपा एमाललेका विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाट पराजित भएका हुन्। रास्वपाका सुलभ खरेलले ५६ हजार ५५० मत पाउँदा पौडेल १२ हजार ८६१ मा रोकिए। 

दुई पटक अर्थमन्त्री भइसकेका जनार्दन शर्मा रुकुम पश्चिमबाट पराजित हुन पुगे। प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका शर्मा तेस्रो स्थानमा सिमित हुन पुगे। नेपाली कम्युनिष्ट पार्टीका गोपाल शर्माले २१ हजार ६०९ ल्याँदा जनार्दन १४ हजार ३४६ मतमा रोकिए। 

एक/एक पटक अर्थमन्त्री बनेका नेपाली काँग्रेसका प्रकाशशरण महत र ज्ञानेन्द्र बहादुर कार्की पनि पराजित हुन पुगे। 

प्रकाशशरण महत रास्वपाका विक्रम तिमिल्सिनासँग पराजित भए। नुवाकोट–१ मा तिमिल्सिना २२ हजार ६०९ मतसहित विजयी हुँदा महत १८ हजार ५९७ मतमा रोकिए। 

ज्ञानेन्द्र बहादुर कार्की रास्वपाका दीपक कुमार साहसँग पराजित भए।  सुनसरी–४ मा साहले ४२ हजार ७७१ मत पाउँदा कार्की १६ हजार ५८७ मतमा रोकिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad