संस्थापक सेयरधनीले खरिद नगरेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको २ लाख बढी कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखिको छ।
इन्स्योरेन्सले २ लाख ४२ हजार ६४८ कित्ता संस्थापक सेयर सर्वसाधारण तथा अन्य लगानीकर्ताले पनि खरिद गर्नसक्ने गरी दोस्रो चरणमा बिक्रीमा राखेको हो।
यसअघि पहिलो चरणमा इन्स्योरेन्सले माघ १ गते ३५ दिनको समय दिएर संस्थापक सेयरधनीमा खरिद आह्वान गरेको थियो। तर संस्थापक सेयरधनीले खरिदका लागि आवेदन नदिएपछि इन्स्योरेन्सले अन्य व्यक्ति/संघसंस्था साथै विद्यमान संस्थापकहरुले खरिद गर्न सक्ने गरी बिक्रीमा राखेको हो।
उक्त सेयर फागुन २७ गतेसम्म खरिद गर्न सकिने इन्स्योरेन्सले जनाएको छ।
99
Shares

प्रतिक्रिया