कारोबार


भारतको अपोलो हस्पिटलमा एनआईसी एसिया बैंकका ग्राहकले छुट पाउने

भारतको अपोलो हस्पिटलमा एनआईसी एसिया बैंकका ग्राहकले छुट पाउने

नेपालखबर
फागुन १२, २०८२ मंगलबार १७:५३, काठमाडौँ

एनआईसी एसिया बैंकका ग्राहकले भारतको नयाँ दिल्लीमा रहेको इन्द्रप्रस्थ मेडिकल कर्पोरेसन लिमिटेड (अपोलो हस्पिटल) मा उपचार गर्दा छुट पाउने भएका छन्।

बैंक र अस्पतालबीच यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। 

पत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत राजेश रावल र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसनका तर्फबाट प्रबन्धक विपिन शर्माले हस्ताक्षर गरेका छन्। 

बैंकका ग्राहकहरुले इनपेसेन्ट रुम चार्ज, प्रिभेन्टिभ हेल्थ चेक प्याकेजहरु र अटेन्डिज हेल्थ चेकअप सेवाहरुमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन्। त्यसैगरी आउटपेसेन्ट इन्भेस्टिगेसनमा ५ प्रतिशत छुट सुविधा उपलब्ध रहेको छ। 

साथै, कम्प्लिमेन्टरी रेजिस्ट्रेसन शुल्क, विदेशी बिरामी लाउन्जमा पहुँचजस्ता सुविधाहरु समेत उपलब्ध हुने जनाइएको छ। यसैगरी, काठमाडौंस्थित अपोलो इन्फर्मेसन सेन्टरमार्फत अपोइन्टमेन्ट लिने बैंकका ग्राहकहरुलाई नयाँ दिल्लीको एयरपोर्टबाट होटल/हस्पिटलसम्मको लागि यातायातको थप सुविधा समेत उपलब्ध हुनेछ।

उक्त सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ। उक्त हस्पिटलसँगको यस सहकार्यले यस बैंकका ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचारमा सहुलियत हुने बैंकले विश्वास लिएको छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad