कारोबार


आईएमएस ग्रुपद्वारा नेपाल चिकित्सक संघलाई पाँच हजार मास्क हस्तान्तरण

आईएमएस ग्रुपद्वारा नेपाल चिकित्सक संघलाई पाँच हजार मास्क हस्तान्तरण

नेपालखबर
बैशाख २८, २०७७ आइतबार ८:११,

आईएमएस ग्रुपका अध्यक्ष तथा नेपाल चेम्बर्स अफ कमर्सका उपाध्यक्ष दिपक मल्होत्राले नेपाल चिकित्सक संघलाई पाँच हजार मास्क हस्तान्तरण गरेका छन्।

मल्होत्राले आफ्नै कम्पनीबाट उत्पादित उक्त मास्क नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीलाई सहयोगस्वरुप हस्तान्तरण गरेका हुन्।

मल्होत्राले आफ्नो कम्पनीबाट उत्पादित मास्क विभिन्न अस्पताल, सुरक्षा निकाय, सामाजिक कार्यकर्ता र पत्रकारहरुलाई निःशुल्क वितरण गर्दै आइरहेका छन्।

कोरोनाभाइरसको महामारीमा पनि आफ्नो ज्यान जोखिममा राखेर चिकित्सकहरु बिरामीको उपचार गरिरहेका चिकित्सक साथीहरुलाई संघमै आएर मास्क वितरण गर्न पाएकोमा उनले खुसी व्यक्त गरे।

उनले भोलिका दिनमा पनि चिकित्सक संघसँग सहकार्य गरेर अगाडि बढ्ने जनाउँदै अहिलेको महामारीमा संघलाई अन्य थप सहयोग पनि गर्ने प्रतिबद्धता व्यक्त गरे।

कोरोनाभाइरस कोभिड–१९ फैलिनसक्ने त्रासका बीच मास्क अभाव भइरहेका बेला आईएमएस ग्रुपले ठूलो मात्रामा मास्क उत्पादन सुरु गरेर देशको लागि धेरै राम्रो काम र ठूलो सहयोग गरेको चिकित्सक संघका अध्यक्ष कार्कीले बताए।

ग्रुप अध्यक्ष मल्होत्राले अहिले व्यवसाय गर्नभन्दा पनि सामाजिक कामका लागि मास्क कम्पनी सञ्चालनमा ल्याएको बताए। उनले आफ्नो कम्पनीले दिनमा करिब ७० हजार मास्क उत्पादन गर्ने र सुरुका दिनमा उत्पादित मास्क सबै हस्पिटललगायतका क्षेत्रमा वितरण गरिँदै आएको बताए।

उनले अबको केही दिनबाट मास्कको अभाव नहुने समेत दाबी गरे। आफूहरुले उत्पादन गरेको सर्जिकल मास्क बजारमा समेत उपलब्ध रहेको उनको भनाइ छ।

चेम्बरले केही समयअघि कोरोनाभाइरस नियन्त्रणसम्बन्धी बनाएको सहजीकरण समितिको संयोजक समेत रहेका मल्होत्रा अहिलेको लकडाउनको समयमा दैनिक मास्क वितरण गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad