कारोबार


नेपाल टेलिकमको खुद मुनाफा ६२ करोडले घट्यो

नेपाल टेलिकमको खुद मुनाफा ६२ करोडले घट्यो

नेपालखबर
माघ २९, २०८२ बिहिबार १४:४९, काठमाडौँ

सरकारी स्वमित्वको नेपाल टेलिकमको खुद मुनाफामा गिरावट आएको छ। कम्पनीले सार्वजनिक गरेको आव २०८२र८३ दोस्रो  त्रैमासिकको अपरिष्कृत  वित्तीय विवरणमा खुद मुनाफा  ६२ करोड १४ लाख १५ हजार रुपैयाँले घटेको देखिएको हे।

साउनदेखि पुसमसान्तको अवधिमा नेपाल टेलिकमले ४  अर्ब १६ करोड ४५ लाख ९ हजार रुपैयाँ खुद मुनाफा अ।रजन गरेके छ। गत अव २०८१र८२ के सेही अवधिमा कम्पनीके खुद  मुनाफा ४ अर्व ७८ करोड ५९ लाख २५ हजार रुपैयाँ रहेको थियो। 

दोस्रो त्रैमासिकसम्म कम्पनीके कुल सञ्चालन आय १७ अर्व २९ करोड ९७ लाख ३० हजार रुपैयाँ रहेको छ। गत आवको सोही अवधिको कुल सञ्चालन आय १७ अर्ब ४९ लाख २५ हजार रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा कुल सञ्चालन अय  २९ करोड ४८ लाख ५ हजार रुपैयाँ अर्थात् १।७३ प्रतिशतले बढी हो। 

दोस्रो त्रैमासिकसम्म कम्पनीको कूल आय १९ अर्व २२ करोड ७२ लाख ६६ हजार  रुपैयाँ रहेको छ। गत आवको सोहि अवधिको कुल आय १९ अर्व ५१ करोड ९२ लाख ६६ हजार रुपैयाँको तुलनामा २९ करोड २० लाख रुपैयाँले कमी भएको छ।  

कम्पनीको प्रति शेयर आम्दानी  ४६.२७ रुपैयाँ छ। 

अटीटी  सेवाहरुको प्रयोग बढ्दा विदेशबाट हुने आगमन कलको परिमाणमा असर परेका कारण अन्तरआवद्धता आयमा गत आवको दोस्रो त्रैमासिकसम्मको तुलनामा करिब ८ करोड ५ लाख ९८ हजार रुपैयाँ अर्थात् ६.१४ प्रतिशतले कम भएको  कम्पनीले जनाएको छ। साथै ओटीटी  सेवाले कम्पनीको समग्र भ्वाइसररएसएमएस सेवाको आयमा नकारात्मक प्रभाव परिरहेको छ। 

ब्याज दर घट्नु कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार लगायत कारणले अम्दानी घटेको टेलिकमले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad