आज सुनको मूल्य घटेको छ भने चाँदीको भाउ बढेको छ
गएका चार दिनमा १५ हजार ६ सय रुपैयाँ बढेको सुनको मूल्य आज तोलामा १ सय रुपैयाँ मात्रै घटेको हो।
मूल्य घटेर सुन आज तोलाको तीन लाख ६ हजार पाँचसय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुनको मूल्य तोलाको ११ सय रुपैयाँ बढेर तीन लाख ६ हजार ६ सय रुपैयाँ पुगेको थियो।
गएको मंगलबार सुनको भाउ तोलामा नौसय रुपैयाँ बढेको थियो भने सोमबार ४१ सय र आइतबार तोलामा ९ हजार ५ सय रुपैयाँ बढेको थियो।
यही माघ १५ गते तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य भने बढेको छ।
प्रतितोला ५० रुपैयाँ बढेर चाँदीको भाउ आज तोलाको पाँच हजार ३४० पुगेको छ।
यही माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।
Shares

प्रतिक्रिया