चालू आर्थिक वर्ष २०८२/८३ का लागि सात प्रदेशले १ खर्ब ७१ अर्ब १७ करोड ९८ लाख रुपैयाँ बराबरको पुँजीगत बजेट विनियोजन गरेका थिए।
यसमध्ये ६ महिनाको अवधिमा प्रदेशहरुले १५ अर्ब ९६ करोड ७६ लाख रुपैयाँ अर्थात् ९.३३ प्रतिशत मात्रै पुँजीगत खर्च गरेका छन्।
पुँजीगत खर्चका आधारमा अग्रस्थानमा लुम्बिनी प्रदेश रहँदा मधेस प्रदेश अन्तिममा रहेको छ।
लुम्बिनीले १८.०४ प्रतिशत पुँजीगत खर्च गर्दा मधेसले ३.३६ प्रतिशत मात्रै खर्च गरेको हो।
चालू आवका लागि लुम्बिनी प्रदेशले २३ अर्ब ४७ करोड १५ लाख रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेको थियो। ६ महिनामा लुम्बिनीले ४ अर्ब २३ करोड ४१ लाख रुपैयाँ खर्च गरेको छ।
मधेस प्रदेशले ३० अर्ब २६ करोड २८ लाख रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेको थियो। समीक्षा अवधिमा १ अर्ब १ करोड ८१ लाख रुपैयाँ मात्र खर्च गरेको छ।
यस्तै कोशी प्रदेशले ९.९६ प्रतिशत, बागमती प्रदेशले ८.९९ प्रतिशत, गण्डकी प्रदेशले १४.१३ प्रतिशत, कर्णाली प्रदेशले ७.९० प्रतिशत र सुदूरपश्चिम प्रदेशले ५.०८ प्रतिशत पुँजीगत खर्च गरेको छ।
Shares

प्रतिक्रिया