कारोबार


आईपीओ निष्काशन गर्दै अप्पर रिचेत हाइड्रोपावर

आईपीओ निष्काशन गर्दै अप्पर रिचेत हाइड्रोपावर

नेपालखबर
माघ २७, २०८२ मंगलबार १३:४, काठमाडौँ

दुई मेगावाट विद्युत् उत्पादन क्षमता भएको अप्पर रिचेत हाइड्रोपावर प्रालिले आईपीओ निष्काशन गर्ने भएको छ। 

यसका लागि कम्पनीले आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक तोकेको हो। 

यसका लागि हाइड्रोपावर र आरबीबी मर्चेन्ट बैंकिङबीच सम्झौता भएको छ।

सम्झौतामा अप्पर रिचेत हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष आनन्द प्रधान र आरबीबी मर्चेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्याकुरेलले हस्तक्षर गरेका छन्। 

कम्पनीले आफ्नो ४० करोड चुक्ता पुँजीको २० प्रतिशत अर्थात् ८ करोड पुँजी बराबरका ८ लाख कित्ता साधारण सेयरहरु निकट भविष्यमै सर्वसाधारणमा निष्काशन गर्नेछ।

आईपीओ प्रक्रियाकै लागि कम्पनीले आफूलाई तुरुन्तै पब्लिक कम्पनी बनाउने र क्रेडिट रेटिङको कार्य पनि अघि बढाएको छ। कम्पनीले आगामी साउन-भदौ महिनामा आईपीओ ल्याउने तयारी गरेको छ। 

कम्पनीले २०८१ को भदौदेखि विद्युत् उत्पादन गरिरहेको छ। कम्पनीको हाइड्रोपावर प्रोजेक्ट गोर्खा जित्ल्लाको  धार्चे गाबिसमा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad