कारोबार


स्याटेलाइट इन्टरनेट सेवा प्रदायक स्टारलिंकका उपकरण बरामद, १९ दिनदेखि इरान इन्टरनेटबिहीन

स्याटेलाइट इन्टरनेट सेवा प्रदायक स्टारलिंकका उपकरण बरामद, १९ दिनदेखि इरान इन्टरनेटबिहीन

नेपालखबर
माघ १३, २०८२ मंगलबार १६:५२, काठमाडौँ

इरानको आर्थिक सुरक्षा प्रहरीका प्रमुख हुसैन रहिमीले स्टारलिंकका १०८ उपकरण जफत गरेको बताएका छन्।

बीबीसीसँग एक प्रहरी अधिकारीले भने, 'ताजा घटनामा कुर्दिस्तान प्रान्तमा ब्याकप्याकमा लुकाइएका ५१ स्टारलिंक उपकरण बरामद गरिएका हुन्।' उनका अनुसार स्टारलिंक उपकरणलाई अब 'सुरक्षाका लागि खतरा' मानिँदैछ र यसलाई राख्नेहरूविरुद्ध कडा कारबाही गरिनेछ।

इरानमा १९ दिनदेखि इन्टरनेट सेवा ठप्प छ। यस्तो अवस्थामा स्टारलिंक स्याटेलाइट इन्टरनेट इरान र विदेशबीच सञ्चारका केही थोरै साधनहरूमध्ये एक बनिरहेको छ।

गत डिसेम्बरको अन्त्य र जनवरीको सुरुमा भएको सरकारविरोधी प्रदर्शनमा मर्नेको संख्या हजारौंमा रहेको बताइएको छ।

अमेरिकास्थित इरानी ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज (एचआरएएनए) एजेन्सीले विगत तीन हप्तामा कम्तीमा २ हजार ४०० प्रदर्शनकारी मारिएको पुष्टि गरेको बताएको छ, जसमा १२ बालबालिका पनि समावेश छन्।

स्टारलिंक इलोन मस्कको स्पेसएक्स कम्पनीको स्याटेलाइट इन्टरनेट सेवा हो। मस्कले विगत महिनाहरूमा इरानमा इन्टरनेट स्वतन्त्रताको पक्षमा बोलेका थिए। इरानी जनतालाई स्टारलिंक सेवा उपलब्ध गराउने संकेत गरेका थिए तर अमेरिकी प्रतिबन्धका कारण आधिकारिक रूपमा यो सेवा इरानमा उपलब्ध छैन। यसैले उपकरणहरू अवैध रूपमा इरान भित्रिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad