कारोबार


निर्माण व्यवसायीदेखि अमेरिका–यूएईसम्मका कम्पनीले सरकारलाई तिरेनन् पैसा, कसको कति? (सूची)

निर्माण व्यवसायीदेखि अमेरिका–यूएईसम्मका कम्पनीले सरकारलाई तिरेनन् पैसा, कसको कति? (सूची)

नेपालखबर
माघ ११, २०८२ आइतबार १३:२२, काठमाडौँ

नेपालमा निर्माण व्यवसायीदेखि अमेरिका–यूएईसम्मका कम्पनीले सरकारलाई पैसा नतिरेको भन्दै कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयले उनीहरुको विस्तृत विवरण सार्वजनिक गरेको छ। 

महालेखा नियन्त्रक अन्तर्गतको कार्यालयले ५२ व्यक्त–संस्था–कम्पनीको नाम र तिर्न बाँकी रकम सार्वजनिक गरेको हो। 

यसमा अधिकांश व्यवसायीहरु छन्। कार्यालयका अनुसार मुकुन्द प्रसाद गौतम÷एमएम कन्स्ट्रक्सन कम्पनी (काभ्रे)ले १ करोड २५ लाख २ हजार, ३ लाख ५ हजार र २ करोड ८८ लाख २२ हजार ४ सय ३४ रुपैयाँ तिर्न बाँकी रहेको कार्यालयले जनाएको छ। 

त्यसैगरी तीन विदेशी कम्पनीले पनि पैसा तिरेका छैनन्। तिनीहरुमा टेक्साना रिसोर्सेस कम्पनी (अमेरिका)ले २० करोड २१ लाख ८२ हजार ५ सय ८३ रुपैयाँ, इमिरेट्स एसोसिएटेट बिजनेस ग्रुप (यूएई)ले ४ करोड ८ लाख १० हजार ६ सय ४९ रुपैयाँ र बीबीबी च्याम्पियन्स आयल कम्पनी (अमेरिका)ले २ करोड २२ लाख ७९ हजार ४ सय ६१ रुपैयाँ तिर्न बाँकी छ। 

कार्यालयले सूचनामार्फत ३५ दिनभित्र तिर्न बाँकी रकम (सावाँ र ब्याजसहित) बुझाई फरफारक गर्न अनुरोध गरेको छ। सूचनालाई बेवास्ता गरे उनीहरुको चल अचल सम्पत्ति दाबी गरी कानुनअनुसार असुलउपर गर्ने कार्यालयले जनाएको छ। 

हेर्नुहोस् कसले कति छ तिर्न बाँकी? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad