कारोबार


अमेरिकी डलर बन्यो अहिलेसम्मकै सर्वाधिक महँगो, अरु मुद्राको भाउ पनि उच्च दरमा वृद्धि

अमेरिकी डलर बन्यो अहिलेसम्मकै सर्वाधिक महँगो, अरु मुद्राको भाउ पनि उच्च दरमा वृद्धि

नेपालखबर
माघ ८, २०८२ बिहिबार ५:४, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ। सबैजसो मुद्राको भाउ विगत केही दिनदेखि लगातार बढ्दै आएको छ। 

आज अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०२ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

हिजो अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा थियो।

गएको पुस २ गते अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको थियो। त्यसयता घटेको अमेरिकी डलर आज फेरि सर्वाधिक महँगो बनेको हो। 

त्यसैगरि आज युरो १ को खरिदर १७१ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७२ रुपैयाँ २१ पैसा छ। हिजो युरो १ को खरिदर १७० रुपैयाँ ३६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०६ पैसा थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९६ रुपैयाँ ४० र बिक्रीदर १९७ रुपैयाँ २१ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९५ रुपैयाँ ५६ र बिक्रीदर १९६ रुपैयाँ ३६ पैसा थियो। 

आज अस्ट्रेलियन डलर १ को खरिदर ९८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९९ रुपैयाँ २५ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसा थियो। 

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७९ रुपैयाँ २० पैसा र बिक्रीदर ४८१ रुपैयाँ १७ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४७५ रुपैयाँ २० पैसा र बिक्रीदर ४७७ रुपैयाँ १७ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिदर ३८८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ९५ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ९० पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad