नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ।
शनिबार बसेको पार्टीको सचिवालय बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गरेको हो।
कैलालीको क्षेत्र नं. १ मा द्वारिका प्रसाद न्यौपाने, क्षेत्र नं. २ मा सूर्यबहादुर थापा, क्षेत्र नं. ३ मा गौरिशंकर चौधरी, क्षेत्र नं. ४ मा लेखराज भट्ट र क्षेत्र नं. ५ मा यज्ञराज ढुंगानालाई उम्मेदवार बनाएको छ।
कञ्चनपुरको क्षेत्र नं. १ मा कमला बोहोरा, क्षेत्र नं. २ मा बचनबहादुर सिंह र क्षेत्र नं. ३ मा डा. दीपप्रकाश भट्ट उम्मेदवार रहेका छन्।
यस्तै, अछामको क्षेत्र नं. १ मा झपटबहादुर बोहोरा र क्षेत्र नं. २ मा यज्ञबहादुर बोगटी उम्मेदवार बनेका छन्।
यसैगरी, नेकपा एमालेले बाजुरामा लालबहादुर थापा, डोटीमा दीपक धामी, डडेलधुरामा चक्र स्नेही, बझाङमा अफिलाल ओखेडा, बैतडीमा दामोदर भण्डारी र दार्चुलामा गणेशसिंह ठगुन्नालाई उम्मेदवार बनाएको छ।
Shares

प्रतिक्रिया