धितो लिलाम बिक्री गरेर ऋण असुली गर्न खोजे पनि फाइनान्स कम्पनीहरु सफल हुनसकेका छैनन्। यसले उनीहरुको खराब कर्जासँगै गैरबैंकिङ सम्पत्ति बढ्दै गएको छ।
वाणिज्य बैंकहरुले गैरबैंकिङ सम्पत्तिको लिलाम बिक्रीसँगै ऋण असुलीमा सुधार गर्दैगर्दा फाइनान्स कम्पनीहरु यस मामिलामा पछि नै देखिएका हुन्।
फाइनान्सहरुको एक महिनामा नै गैरबैंकिङ सम्पत्ति १.३५ प्रतिशतले बढेर ३ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। गत कात्तिकमा फाइनान्स कम्पनीहरुसँग यस्तो सम्पत्ति ३ अर्ब ४ करोड रुपैयाँ थियो।
एक महिनामा झण्डै ४ अर्ब बराबरको गैरबैंकिङ सम्पत्ति थपिएको हो। त्यसो त असारमा ३ अर्ब ९ करोड रहेको यस्तो सम्पत्तिलाई बिक्री गरेर फाइनान्स कम्पनीहरुले कात्तिकमा घटाएका थिए। तर ऋण असुलीमा सुधार हुन नसक्दा मंसिरमा यस्तो सम्पत्ति बढेको हो।
कुन फाइनान्स कम्पनीसँग छ धेरै एनपीए?
राष्ट्र बैंकका अनुसार १७ वटा फाइनान्स कम्पनीमध्ये सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति गुडविल फाइनान्ससँग छ।
गुडविलसँग ५२ करोडबराबरको गैरबैंकिङ सम्पत्ति रहँदा गोर्खाज फाइनान्ससँग ४८ करोड, पोखरा फाइनान्ससँग ४५ करोड, प्रोग्रेसिभ फाइनान्ससँग २५ करोड, बेष्ट फाइनान्ससँग २२१ करोड, रिलायन्स फाइनान्ससँग २१ करोड रुपैयाँ बराबरको एनपीए छ।
यस्तै नेपाल फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्स र समृद्धि फाइनान्सँग क्रमश १७/१७ करोड बराबरको एनपीए हुँदा जानकी फाइनान्ससँग १३ करोडको मन्जुश्री फाइनान्सँग ९ करोड, आइसीएफसीसँग ५ करोड, सेन्ट्रल फाइनान्ससँग ८ करोड, मल्टी पर्पस फाइनान्स र क्यापिटल मर्चेन्टसँग क्रमश: २/२ करोेड र श्री इन्भेष्टेमेन्ट एण्ड फाइनान्ससँग १ करोड बराबरको गैरबैकिङ सम्पत्ति रहेको छ।
घरजग्गा कारोबारमा मन्दी छाउँदा अधिकांश बैंक तथा फाइनान्स संस्थाहरुले धितो लिलामी बाट ऋण असुली गर्न सकेका छैनन् । जसले फाइनान्स कम्पनीहरुको पनि गैरबैकिङ सम्पत्ति निरन्तर बढाउँदै लगेको हो।
ऋण असुलीमा सुधार सुधार्न नसकेका फाइनान्स कम्पनीहरुले गैरबैकिङ सम्पत्ति पनि घटाउन नसकेका हुन्। मंसिर मसान्तमा फाइनान्स कम्पनीहरुको असुली हुन नसकेका ऋण कुल निक्षेपको १२.५२ प्रतिशत छ।
Shares

प्रतिक्रिया