नेको इन्सुरेन्सले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ।
कम्पनीको ३० गते बसेको सञ्चालक समिति बैठकले १५.७८९४ प्रतिशत लाभांश वितरणको प्रस्तावमा निर्णय गरेको हो।
बैठकले आर्थिक वर्ष २०८१÷०८२ को वित्तीय विवरण पारित गरेको हो।
सो वर्षको मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १२.७८९४ प्रतिशत नगद तथा ३ प्रतिशत बोनस सेयर गरी कुल १५.७८९४ प्रतिशत लाभांश वितरण गर्नलागेको कम्पनीले जनाएको छ।
नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्ने कम्पनी सचिव विष्णु प्रसाद धितालले बताए।
36
Shares

प्रतिक्रिया