कारोबार


तरलता अधिक भएपछि राष्ट्र बैंकले दिन बिराएर निकाल्यो ऋणपत्र

तरलता अधिक भएपछि राष्ट्र बैंकले दिन बिराएर निकाल्यो ऋणपत्र

नेपालखबर
पुस १६, २०८२ बुधबार १३:७, काठमाडौँ

नेपाल राष्ट्र बैंकले तरलता अधिक हुँदै गएपछि प्रशोचनका अन्य माध्यमसँगै ऋणपत्र पनि दिन बिराएको निकालेको छ। 

राष्ट्र बैंकले गत १४ गते २४ अर्बको एक वर्षे ऋणपत्र निकालेको एक दिनपछि आज (पुस १६) मा पुनः ऋणपत्र निष्कासन गरेको हो। राष्ट्र बैंकले बुधबार २५ अर्ब बराबरको ११ वर्षे ऋणपत्र जारी गरेको छ।

बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम ५ करोडदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन पाउनेछन्। 

राष्ट्र बैंकले बोलकबोलमार्फत ऋणपत्र बिक्री गर्ने जनाएको छ। जसका लागि बुधबार मध्याह्न २ बजेसम्म आवेदन दिइसक्नुपर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad