कारोबार


नेप्सेबाट राष्ट्र बैंकको प्रतिनिधि हटाउन बैंकिङ सुधार कार्यदलको सुझाव

नेप्सेबाट राष्ट्र बैंकको प्रतिनिधि हटाउन बैंकिङ सुधार कार्यदलको सुझाव

नेपालखबर
पुस ८, २०८२ मंगलबार १८:५२, काठमाडौँ

नेपाल स्टक एक्स्चेन्जको सञ्चालक समितिमा राष्ट्र बैंकको प्रतिनिधि नराख्न बैंकिङ सुधार सुझाव कार्यदलले सुझाव दिएको छ।

नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा.रेवत बहादुर कार्कीको संयोजकत्वमा राष्ट्र बैंकले गरेको अध्ययन प्रतिवेदनले नेप्सेबाट केन्द्रीय बैंकको हस्तक्षेप हटाउनुपर्ने बताएको हो। 

हाल नेप्सेको सञ्चालक समितिमा राष्ट्र बैंकका प्रतिनिधि समेत रहने व्यवस्था छ। नेप्सेमा राष्ट्र बैंकको ९.५१ प्रतिशत सेयर स्वामित्व रहेका कारण सञ्चालक समितिमा समेत केन्द्रीय बैंकको सहभागिता रहँदै आएको थियो।

सुझाव कार्यलदलले सेयर स्वामित्वको बारेमा नबोले पनि सञ्चालक समितिबाट भने केन्द्रीय बैंकको प्रतिनिधि हटाउनुपर्ने सुझाव दिएको हो। 

योबाहेक सेयरबजारमा एनआरएनले कारोबार गर्दा २५ प्रतिशत पुँजीगत लाभकर नलिन समेत सुझाव दिएको छ। कार्यदलले एनआरएनलाई पनि नेपालीसरह नै धितोपत्रको दोस्रोबजारको कारोबारमा ७.५ प्रतिशतमात्रै पुँजीगत लाभकर लिन भनेको हो। यसअघि नेपाली र एनआरएन दुवैलाई ५ प्रतिशतमात्रै पुँजीगत लाभकर लिने व्यवस्था थियो।

तर सरकारले सो व्यवस्थालाई परिवर्तन गर्दै नेपालीलाई यस्तो कारोबारमा ७.५ प्रतिशत र एनआरएनलाई २५ प्रतिशत पुँजिगत लाभकर लिने व्यवस्था गरेको थियो। सुझाव कार्यदलले एनआरएनलाई दोस्रो बजारमा आर्कषित गर्नका लागि पुँजिगत लाभकरमा सहजिकरण गर्न सुझाव दिएको हो। 

योबाहेक बैंक तथा वित्तीय सस्थाहरुको संस्थापक सेयरलाई समेत १० बर्षभित्रमा साधारण सेयमा परिणत गर्ने व्यवस्था गर्न सुझाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad