कारोबार


कान्ति लोकपथ आजदेखि २ महिनासम्म बन्द हुने, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

कान्ति लोकपथ आजदेखि २ महिनासम्म बन्द हुने, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

फाइल तस्बिर


नेपालखबर
मंसिर २०, २०८२ शनिबार ५:२५, काठमाडौँ

कान्ति लोकपथ आजदेखि दुई महिनासम्म बन्द हुने भएको छ। 

आवश्यक मर्मत सम्भारका लागि दुई महिनासम्म कान्ति लोकपथ बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ।

कान्ति लोकपथका विभिन्न खण्डमा सडक विस्तारका लागि दुई महिनासम्म हरेक दिन बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सवारी बन्द हुने स्थानीय प्रशासनले जनाएको छ।
    
आगामी दुई महिनासम्म सवारी साधन सबै बन्द गरेर मर्मत एवम् विस्तारको काम अगाडि बढाउन लागिएको कान्ति राजमार्ग सडक योजनाले जनाएको छ। 

जिल्ला प्रशासन कार्यालय ललितपुरले उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने जनाएको छ। 

सो अवधिभर कान्ति राजमार्ग हुँदै यात्रा गर्ने सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्न पनि स्थानीय प्रशासनले आग्रह गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad