कारोबार


बजारमा दुई दर्जन इन्टरनेट कम्पनी, सबैभन्दा बढी हिस्सा वर्ल्ड लिंकको

बजारमा दुई दर्जन इन्टरनेट कम्पनी, सबैभन्दा बढी हिस्सा वर्ल्ड लिंकको

नेपालखबर
मंसिर १८, २०८२ बिहिबार १६:२८, काठमाडौँ

नेपाली बजारमा इन्टरनेट कम्पनीहरूको बाढी नै छ। करिब दुई दर्जन बढी कम्पनीहरू प्रतिष्पर्धामा छन्। उनीहरूले सेवा प्रवाहलाई गुणस्तरीय बनाउन भन्दा पनि ग्राहक संख्या बढाउन होडबाजी गरिरहेका हुन्छन्।

वर्ल्डलिंक, डिसहोम, नेपाट टेलिकमसहित करिब दुई दर्जन कम्पनीको अहिले बजारमा हालिमुहाली छ। बजारमा प्रतिष्पर्धा गर्नेमध्ये सबैभन्दा बढी बजार हिस्सा वर्ल्ड लिंकको रहेको नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ। 

प्राधिकरणकाअनुसार असोजसम्ममा बजार हिस्साको हिसाबले वर्ल्ड लिंकका सबैभन्दा ग्राहक छन्। वर्ल्ड लिंकका ग्राहक १० लाख ३६ हजार पुगेका छन् भने इन्टरनेट कम्पनीहरूमा सबैभन्दा बढी बजार हिस्सा कायम गर्न सफल वर्ल्ड लिंक पछिको डिसहोम हो।

डिसहोमका ग्राहक ३ लाख ७७ हजार पुगेका छन्। बजार हिस्साको हिसावले तेस्रो नम्बरमा सरकारी लगानी रहेको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) रहेको छ। टेलिकमका ग्राहक ३ लाख ६० हजार पुगेका छन्।

बजार हिस्साको रुपमा चौथो नम्बरमा भायनेट रहेको छ। बजार विस्तारमा आक्रामक देखिएको भायनेटका ग्राहक ३ लाख २५ हजार पुगेका छन् भने पाँचौ नम्बरमा क्लासिक टेक रहेको छ। क्लासिक टेकले असोज मसान्तसम्मा २ लाख ५९ हजार ग्राहक संख्या पुर्‍याएको छ।

बजार हिस्साका रुपमा छैटौं नम्बरमा सुबिसु इन्टरनेट देखिएको छ। सुबिसुका ग्राहक २ लाख ५४ हजार पुगेका छन् भने सातौँ नम्बरमा वेभसफर देखिएको छ। अहिले बजारमा वेभसफरका ग्राहक १ लाख ७६ हजार रहेका छन्।

यस्तै बजार हिस्साको हिसावले आठौँ नम्बरमा टेकमाइन्सले देखिएको छ। टेकमाइन्सका ग्राहक १ लाख १५ हजार रहेका छन् भने नबौँ नम्बरमा वाइफाई नेपाल, दशौँ नम्बरमा सिजि कम्युनिकेशन रहेको छ। 

इन्टरनेट कम्पनीहरुले यसरी ग्राहक तानातानमा उत्रिएका छन्। अहिले पनि उपभोक्ता भने इन्टरनेट प्रयोगमा सन्तुष्ट देखिँदैनन्। इन्टरनेट प्रदायक कम्पनीहरुले इन्टरनेटमा देखिएका समस्याहरु समाधानमा समयमै समाधान गर्न चासो नदेखाउने गरेको गुनासाहरु गर्ने गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad